भिमकुल सहकारीको सदस्य भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न, ५ सदस्सीय काठमाण्डौं सम्पर्क समिती गठन

  • प्रकाशित मिति : February 28, 2021
  • गण्डकी डायरी

काठमाण्डौं । नेपाल स्तरको गुणस्तर प्रमाणिकृत भिमकुल बचत तथा ऋण सहकारी संस्थाले शनिबार काठमाण्डौंमा सदस्य भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गोरखाको भिमसेन थापा गाँउपालिका वडा नं. ७ बोर्लाङ्ग स्थित भिमकुल साकोसले काठमाण्डौंमा रहेका सहकारी सदस्यहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाको अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आ.व.२०७७/७८ को लागि तय गरिएका रणनीतिहरु र कार्यान्वयनको अवस्था, आ.व.२०७७/७८ को निर्धारित लक्ष्य तथा प्रगती हासिल गर्नका लागि अपनाउनुपर्ने थप रणनीतिहरुको बारेमा बिस्तृत छलफल भएकाे भिमकुल साकोसले जनाएको छ ।

संस्थाको कार्यक्षेत्र भित्र स्थाई बसोवास रहुनभएको तर बिभिन्न पेशा, ब्यवसायमा आवद्ध भएका शेयर सदस्यहरुलाई लक्षित गरि संस्थाको साधारण सभा लगायत बिभिन्न गतिबिधि, कार्यक्रमवाट छुटेका शेयर सदस्यसंग छलफल कार्यक्रम राखिएको संस्थाको सचिव भूमि गोतामेले जानकारी दिए । कार्यक्रममा सहभागीहरुले काठमाण्डौंमा रहेर सहकारी संग कारोबार गर्न कठिन भएको गुनासाे गरेका छन् ।

उक्त कार्यक्रममा संस्थाका ब्यवस्थापक नवराज श्रेष्ठले आर्थिक गतिबिधी, वचत तथा निक्षेप तर्फ २१ करोड ८२ लाख, ऋण लगानी २१ करोड ७५ लाख, संस्थागत कोष ३ करोड १४ लाख र कुल सम्पत्ति २८ करोड ६९ लाख पु¥याउन सफल भएकोे लगायतका बारेमा प्रस्तुतिकरण गरे । हाल सहकारीमा शेयर सदस्य संख्या ३ हजार ३ सय ६२ जना रहेको उनले जानकारी दिए ।

कार्यक्रममा संस्थाको उपाध्यक्ष राम चन्द्र श्रेष्ठले स्वागत मन्तब्य, प्रमुख सल्लाहकार चित्र कुमार श्रेष्ठ लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा भिमसने थापा गाउँपालीका वडा नं ४,६,७ र ८, गोरखा नगरपालीका १,२ र शहिद लखन गाँउपालिका ७, ८ का शेयर सदस्यहरु सहभागी थिए ।

यसैबिच सहकारीले हेम बहादुर श्रेष्ठको संयोजकत्वमा ५ सदस्सीय भिमकुल काठमाण्डौं सम्पर्क समिती पनि गठन गरेको छ । जसको सदस्यहरुमा लिला माया श्रेष्ठ, देवकी पाण्डे, राम श्रेष्ठ र नेत्र प्रसाद पोखरेल चयन भएका छन् ।