काठमाण्डौँबाट गोरखा आउँदै गरेको यात्रु बाहकबस दुर्घटना

  • प्रकाशित मिति : February 28, 2021
  • गण्डकी डायरी

गोरखा, १६ फागुन । काठमाण्डौँबाट गोरखा आउँदै गरेको ना ५ ख ५०७० नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादीङको मछेडीखोलामा करिब साँढे १० बजे बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गोरखा आउने केही यात्रु घाईते भएका छन् । घाईते यात्रुको संख्या र स्वास्थ्य अवस्था भने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अर्को यात्रुबाहक बसले ओभरटेक गर्ने क्रममा गोरखाको यात्रुबाहक बसलाई ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ ।

 

तस्विरहरु : रेखा लोप्चन