पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

  • प्रकाशित मिति : February 28, 2021
  • गण्डकी डायरी

काठमाण्डौं । देशका पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १ का पहाडी भू–भागमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको तीन दिनको पूर्वानुमान वुलेटिनअनुसार सोमबारदेखि भने मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।