गोरखा, १० फागुन । गोरखाको बारपाकमा सोमबार(आज) बिहान घर भित्रै मृत भेटिएका तीन जनाको शव पोष्टमार्टमका लागि जौवारी ल्याइएको छ । जिल्लाको वारपाक सुलिकोट गाउँपालिका १ को धामी तोराङमा बेलुका खाना खाएर संगै सुतेका एकै परिवारका तिन जना घरभित्रै मृत फेला परेका थिए । घटनास्थलको मुचुल्का उठाएर उनिहरुको शव पोष्टमार्टमका लागी जौवारी ल्याइएको हो ।
मृत भेटिनेहरुमा ८४ वर्षिय टिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षिया आईतकुमारी गुरुङ र नातीनि १३ वर्षिया उषा गुरुङ रहेकाे गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए । पोष्टमार्टम हुन बाँकी रहेकाले मृत्यूको कारण भने खुल्न सकेको छैन ।
शवको पोष्टमार्टम भने भोली मंगलबार मात्र हुने बताइएको छ । घर भित्र साँघुरो कोठामा आगो बालेको चुल्हो रहेको र शवमा कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।
याे पनि पढ्नुहाेस् हाेस्ः