गोरखामा रोकी राखेको बस दुर्घटना हुदाँ ७ जना घाईते

  • प्रकाशित मिति : February 21, 2021
  • गण्डकी डायरी

गोरखा, ९ फागुन । गोरखा आँबुखैरेनी सडकखण्ड अन्तरगत बाह्रकिलो बजारमा आइतबार रोकी राखेको यात्रुबहाक बस एक्कासी गुडेर दुर्घटना भएको छ । बाह्रकिलो बजारमा आज दिउँसो भएको यात्रुबाहक बस दुर्घटनामा परी ७ जना घाईते भएका छन् । घाईते मध्ये ६ जना उपचार पछि घर फर्किएका छन् भने १ जना बालकको थप उपचारका लागि भरतपुर लगिएको छ ।

गोरखा नगरपालिका ११ को बाह्रकिलो बजारमा चालकको लापरर्वाहीका कारण भएको दुर्घटनामा परी गोरखा नगरपालिका २ का ६ बर्षिय बालक आर्मन खानलाई गोरखा अस्पतालमा सामान्य उपचारपछि थप उपचारकोलागि चितवन मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख सुरेन्द्रबहादुर गुरुङले बताए । बालकको दायाँ हात भाचिएको गोरखा अस्पतालले जनाएको छ ।

गोरखा बजारबाट नारायणगढ तर्फ जादै गरेको ना.१ ख ४१०४ नम्बरको बस रोकेर चालक बाहिर निस्किएको बेला एक्कासी बस गुडेको थियो । बस सडकसंगै रहेको जंगलमा खसेको थियो । बस गुडेपछि केही यात्रु हाम फालेको र बसको अग्रभागले मोटर साईकललाई ठक्कर दिएको थियो ।