गोरखा, ८ फागुन । गोरखामा फागुन २४ गतेदेखि २७ गते सम्म तेस्रो फुटबल मेला २०७७ हुने भएको छ । ओसन क्लबको आयोजनामा गोरखा नगरपालिका ९ स्थित आर्टिफिसियल टर्फ मैदानमा फुटबल मेला हुन भएको हो ।
क्लबले आज पत्रकार सम्मेलन गरि छैठौँ ओसन कप यु–१३ फुटबल प्रतियोगिता, पाचौँ भेट्रान्स कप खेल संचालन गर्न लागेको जानकारी दियो । ओसन वर्ष खेलाडी पुरस्कार, प्रतिभावान खेलाडी पुरस्कार, लाईभ टाईम एचिभमेन्ट अवार्ड सोही अवसरमा बितरण गरिने क्लवका अध्यक्ष अमित खत्रीले बताए ।
यु–१३ प्रतियोगितामा बिजेताले १५ हजारको साथमा मेडल, ट्रफि पाउनेछन् भने उप बिजेताले सात हजार पाँच सय र तेस्रो हुने टिमले तीन हजार पाँच सय पुरस्कार पाउनेछन् । भेट्रान्स कपका बिजेताले खसी सहित ट्रफि, मेडल प्रमाण पत्र, उप बिजेताले पनि खसी सहित ट्रफि, मेडल पाउनेछन् ।
प्रतियोगिता सम्पन्न गर्नका लागी ७ लाख ५८ हजार रुपैयाँ खर्च लाग्ने क्लवको अनुमान छ । मेलामा फोटो प्रर्दशनी, खेलकुदका सामाग्री र खाना स्टल पनि राखिने आयोजकले जनाएको छ ।