गोरखाका प्रदिपलाई रासस ‘उत्कष्ट फोटो पत्रकारिता पुरस्कार’

  • प्रकाशित मिति : February 20, 2021
  • गण्डकी डायरी

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ फोटो पत्रकार प्रदीपराज वन्तलाई यसवर्षको ‘उत्कृष्ट राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

राससको ६० औँ वार्षिकोत्सव तथा हीरक वर्षको अवसरमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सन्चार सचिव हरिप्रसाद वस्यालले फोटोपत्रकार वन्तलाई नगद १५ हजार सहित सो पुरस्कार प्रदान गरेका हुन ।

गोरखाको शहिद लखन गाउँपालिका बुंकोट घर भएका फोटो पत्रकार वन्तलाई कोभिड–१९ समयमा जोखिमका बीच अहोरात्र फोटो सङ्कलन गरी फोटो पत्रकारितामा योगदान पु¥याएबापत सो पुरस्कार प्रदान गरिएको हो । उनि नौ बर्षदेखि काठमाण्डौलाई केन्द्र बनाएर राससमा फोटो पत्रकारिता गरिरहेका छन् ।

पत्रकार वन्तले यसअघि पनि ५ वर्ष अघि राससबाट उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन । फोटो पत्रकार समूह (एनएफपीजे) नेपालका महासचिवसमेत रहेका पत्रकार वन्तले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ प्राप्त गरेका थिए ।