काठमाडौं, ६ फागुन । कास्कीको पोखरामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा पोखरा महानगरपालिका(११ का ७१ वर्षीय पुरुषको बुधबार राति १०ः४७ बजे मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
मधुमेहका बिरामी समेत रहेका उनीमा माघ १० मा कोरोना संक्रमण पुष्टि भएको थियो ।