पोखरा महानगरपालिका वडा नं. १८ को कार्यालय भवनबाट लडेर गोरखा घर भएका एक प्रहरी जवानको मृत्यु भएको छ । मंगलबार बिहान पोखरा १८ को भवनको तेस्रो तलाबाट लडेर ३२ वर्षीय ठगबहादुर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । गोरखाका आले १ वर्ष अघिदेखि पोखरा सराङकोटमा कार्यरत थिए ।
‘हाम्रो भवन नहुँदा जवानहरु वडा कार्यालयमा बसेका थिए । मंगलबार बिहान ३ देखि ६ बजेको बीचमा खसेको हुनसक्छ,’ हमालले भने, ‘सूचना पाएपछि मनिपाल अस्पतालमा लगेका थियौं । अरु अनुसन्धान गरिरहेका छौं ।’
रातको समयमा निद्राले खसेको हुनसक्ने प्रहरीको आशंका छ । भवन अभावका कारण पोखरा १८ वडा कार्यालयको भवनमा प्रहरीहरु राखिएका छन् ।