सरस्वती मा. बि. बोर्लाङ्गमा बाल उद्यानको उद्धघाटन

  • प्रकाशित मिति : February 16, 2021
  • गण्डकी डायरी

गोरखा, ४ माघ । गोेरखाको भिमसेन थापा गाउँपालीका ७ बोर्लाङ्ग स्थित श्री सरस्वती माध्यमिक बिद्यालयमा बाल उद्यान निर्माण गरिएको छ । सामुदायिक सिकाई केन्द्र बोर्लाङ्ग र श्री सरस्वती माध्यमिक बिद्यालयको संयुक्त लगानीमा बाल उद्यानको निर्माण गरिएको बिद्यालयका प्रधानाध्यापक रामचन्द्र पौड्यालले जानकारी दिनुभयो ।

सरस्वती पुजाको अवसरमा सो बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका वडा अध्यक्ष नारायण श्रेष्ठले मंगलबार (आज) बाल उद्यानको उद्घाटन गर्नुभयो ।

बिद्यालयले बाल उद्यान निर्माणका लागी बिद्यालय प्राङ्गण भित्र जग्गा उपलब्ध गराए पछि सिकाई केन्द्रको २ लाख र बिद्यालयको समेत संयुक्त लगानीमा निर्माण गरिएको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।

बाल उद्यानमा चिप्लेटी, फलामको पिङ, डोरी पिङ लगायतका खेल्ने सामाग्रीहरु राखिएको छ ।  प्रधानाध्यापक पौड्यालका अनुसार बाल उद्यानमा एउटा चिप्लेटी, ४ वटा डोरी पिङ, सरस्वती मन्दिरको प्रतिमा, तारबार लगायतको काम केन्द्रको सहयोगमा तयार पारिएको हो । २ वटा फलामको पिङ भने बिद्यालयले खरिद गरेको उहाँको भनाई छ ।

“बाल उद्यानमा साना बालबालीकाहरुलाई बाल मैत्रि बनाएर खेलाउन सकिन्छ”, उहाँले भन्नुभयो-“अब फुलहरु पनि रोपेर बँगैचा निर्माण गर्छौ ।”
बिद्यालयको समयमा खेल्दै पढ्न पाउने भएपछि साना बालबालीकाहरु खुशि भएका छन् ।

कार्यक्रममा वडा अध्यक्ष नारायण श्रेष्ठ, सामुदायिक सिकाई केन्द्रका अध्यक्ष टंक श्रेष्ठ, शिक्षकहरु, स्थानिय वुद्धिजिवीहरु, बिधार्थीहरु लगायतको सहभागीता रहेको थियो ।

यो पनि हेर्नुहोस्