६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

  • प्रकाशित मिति : February 15, 2021
  • गण्डकी डायरी

स्याङ्जा, २ फागुन । एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिकका–२ का ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको छ ।

बाख्रा हेर्न गएकी ६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । पीडित बालिकाका आफन्तले प्रहरीलाई खबर गरेपछि अनुसन्धान अघि बढेको हो ।