गोरखा बजार क्षेत्रबाट सुन ठगी गरेर एक व्यक्ति फरार

  • प्रकाशित मिति : January 26, 2021
  • गण्डकी डायरी

गोरखा । गोरखा सदरमुकाम बजार क्षेत्रबाट दिउँसै सुन ठगी गरेर एक व्यक्ति फरार भएका छन् । गोरखा नगरपालिका ६, हरमटारीकी ६३ बर्षिया भद्रकुमारी बि.कको सुन ठगी गरि अज्ञात व्यक्ति फरार भएका हुन् ।

बि.कको घरमा पुगेका ती अज्ञात व्यक्तिले भएको भन्दा ठूलो सुन दिन्छु भन्दै आइतबार दिउँसो साँढे तीनबजेतिर सुन लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । फरार व्यक्तिको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।