गोरखा, ८ माघ । तनहुँको आँबुखैरेनीमा ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै एकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित अदुवाखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटना परी एक घाईते भएका छन् ।
बिहिवार अदुवाखर्कबाट आँबुखैरेनी बजार आउँदै गरेको ग १ प ३७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३६ वर्षिय केशब दर्लामीको घटनास्थलमै मृत्यु भएको हो ।
आँबुखैरेनी गाउँपालिका ३ का लिलबहादुर यादी दुर्घटनामा परी गम्भिर घाईते हुनुभएको तनहुँ प्रहरीले जनाएको छ । गम्भिर घाईते यादीको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको जनाइएको छ ।