स्वर्गीय दिदीको सम्झनामा सरस्वती मावि बोर्लाङ्गमा अक्षयकोष स्थापना

  • प्रकाशित मिति : January 18, 2021
  • गण्डकी डायरी

काठमाण्डौ, ५ माघ । गोरखाको बोर्लाङ्गमा रहेको श्री सरस्वती माध्यमिक बिद्यालयमा पुर्व बिधार्थी विष्णु श्रेष्ठले २५ हजारको अक्षय कोष स्थापना गरेकी छिन् । भिमसेन थापा गाउँपालीका ७ बोर्लाङ्गमा रहेको सो बिधालयमा उनले आफ्नी स्वर्गीय दिदी फुलमाया श्रेष्ठको सम्झनामा फुलमाया स्मृति गरीब तथा जेहन्दार छात्रवृत्ति का लागी २५ हजार रुपैयाको अक्षयकोष स्थापना गरेकी हुन् ।

हाल क्यानडा निवासी श्रेष्ठले आइतबार बिधालयका प्रधानाध्यापक रामचन्द« पौडेललाई अक्षयकोषको रकम हस्तान्तरण गरिन् । सो अक्षय कोष मार्फत बिधालयका गरीब तथा जेहेन्दार बिधार्थीलाई छात्रवृत्ती प्रदान गरिने बिधालयले जनाएको छ ।