कुटो प्रहार गरेर श्रीमती हत्या गर्ने एक व्यक्ति पक्राउ

  • प्रकाशित मिति : January 17, 2021
  • गण्डकी डायरी

पाल्पा, ४ माघ । श्रीमतीको हत्या गरेको आरोपमा पाल्पामा एक व्यक्ति पक्राउ परेका छन् ।

कुटो प्रहार गरेर ५७ वर्षीया श्रीमती रमा कुमारी दराईको हत्या गरेको अभियोगमा रामपुर नगरपालिका(५ बेजाड का बुद्धि दराईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बुद्धिले शनिबार साँझ कुटोले प्रहार गर्दा रमा गम्भीर घाइते भएकी थिइन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरीको टोलीले उनको उद्दार गरी उपचारका लागि रामपुर अस्पताल पठाएको थियो ।

बुद्धिलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।