गोरखामा ट्याक्टर दुर्घटना हुँँदा चालक गम्भिर घाईते

  • प्रकाशित मिति : January 17, 2021
  • गण्डकी डायरी

गोरखा, ४ माघ । गोरखामा आइतबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा चालक गम्भिर घाइते भएका छन् । जिल्लाको गोरखा नगरपालिका वडा नम्वर १२ को १० किलो वजारमा ट्रयाक्टर दुर्घटना हुदाँ गोरखा नगरपालिका वडा नम्वर ११ सिर्दी घर भएका चालक २१ वर्षका रवि नेपाली गम्भिर घाइते भएका हुन् ।

खुट्टामा गम्भिर चोट लागेका उनलाई थप उपचारका लागि छिम्केश्वरी अस्पताल आँबुखैरेनीमा लगिएको प्रहरीले जनाएको छ ।