तनहुँमा गुडिरहेको गाडीमा आगलागी

  • प्रकाशित मिति : January 16, 2021
  • गण्डकी डायरी

तनहुँ, ३ माघ । तनहुँमा शनिबार गुडिरहेको गाडीमा आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार गुडिरहेको ट्रकमा आगलागी भएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण गाडी क्षति पुगेको छ ।