गोरखाको भिमसेन थापा गाउँपालीकामा रुखले च्यापेर एक युवकको मृत्यु

  • प्रकाशित मिति : January 14, 2021
  • गण्डकी डायरी

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका ३ तान्द्राङमा रुखले च्यापेर एक युवकको मृत्यु भएको छ । बुधबार बिहान आफैले रुख काट्ने क्रममा ढलेको रुखले च्यापेर १८ बर्षका उमेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) बासुदेव खतिवडाले जानकारी दिए ।

पाँचथर घर भएका राईको रुखले च्यापेर घटनास्थलमै मृत्यु भएको उनको भनाई छ । तान्द्राङका स्थानीयबासी नरबहादुर सार्कीको खेतमा रहेको सालको रुख काट्ने क्रममा राईलाई रुखले किचेको डिएपी खतिवडाले जानकारी दिए । मृतक राईले गएको १० दिनदेखि त्यसक्षेत्रमा रुख काट्ने काम गर्दै आएका थिए ।