गोरखा, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वी नारायण शाहले नेपाली जनताको साथ लिएर एकिकरण गरेको लिपुलेक र लिम्पियाधुरा समेट्ने चुच्चे नक्सा संबिधानको अंग बनाएर बर्तमान सरकारले साहासिक काम गरेको बताएका छन् ।
“बर्तमान सरकारको यो काम अत्यन्त प्रंससनिय छ” उनले भने– “राष्ट्र निर्माता र उनको बंशजले एकिकरण गरेको नेपाली भुभाग जहाँ बिदेशी सैनिक बसी राखेको छ, त्यो भुभाग नेपालको भूभाग हो,त्यो भूभागबाट बिदेशी सेना हट्नु पर्छ भन्ने हाम्रो मान्यत रहेको छ ।”
पृथ्वीनारायण शाहको योगदानलाई कुनै राज्य व्यवस्था र राजनीतिसंग मात्र जोडेर हेर्न नहुने उनले बताए । २९९ औं पृथ्वीजयन्तीको अबसरमा राप्रपा गोरखाले आज गोरखा दरबार परिषरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले शाहले योगदान राजनीति र राज्य व्यवस्था भन्दा धेरै माथि रहेको बताए ।
पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष थापाले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सरकारसंग आग्रह समेत गरे । उनले राष्ट्र निर्माताकोलाई अन्तराष्ट्रिय प्रचलन जस्तै नेपाली नोटमा अङकित गर्ने निर्णय गर्न पनि सरकारलाई आग्रह गरे ।
उनले पृथ्वी नारायण शाहले सेनाको भरमा मात्र नभई जनताको सल्लाह र सुझावमा नेपाल एकिकरण गरेको भन्दै त्यसबाट जनताको चाहाना र भावनाको सम्मान गर्ने परम्पराको थालनी भएको बताए ।
अध्यक्ष थापाले देशमा जुनसुकै राजनीति मान्यत तथा व्यवस्था भएपनि राष्ट्र निर्मातालाई सम्मान गर्ने, आदार गर्ने काममा कसैबाट पनि सङ्कोच र सङकिणता कायम गन नहुनेमा जोड दिए । समय काल र परिस्थिती अनुसार राजनीतिक व्यवस्था फेरिने भएपनि उनले नेपाल सदैव अटल रहने बताए ।
सो अबसरमा अध्यक्ष थापाले गोरखा दरबार परिष्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गरेका थिए ।