बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

  • प्रकाशित मिति : January 8, 2021
  • गण्डकी डायरी

स्याङ्जा, २४ पुस । चार वर्षदेखि बुहारीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा परेको किटानी जाहेरीका आधारमा आँधिखोलाका ६० वर्षीय व्यक्ति पक्राउ परेका हुन् ।

नातामा पीडक र पीडित ससुरा बुहारी पर्ने भएकाले पक्राउ पर्नेको नाम नखुलाइएको स्याङ्जाका एसपी होविन्द्र बोगटीले बताए । बोगटीका अनुसार जिल्ला अदालत, स्याङ्जाबाट पक्राउ परेका व्यक्तिविरुद्ध ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।