गोरखा बोर्लाङ्गको सरस्वती र अश्राङको नवजागृती माविमा १ लाख १० हजारको अक्षयकोषको स्थापना

  • प्रकाशित मिति : January 8, 2021
  • गण्डकी डायरी

गोरखा, २४ पुस । गोरखाको भिमसेन थापा गाउँपालिका ७ नारायणपुरका भुमी गोतामेले आफ्नो दिबंगत भएका बुबा रवीलाल गोतामे र आमा मोतिमाया गोतामेको सम्झनामा दुई वटा बिद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

उनले भिमसेन थापा गाउँपालिका ६ को नबजागृती चण्डी मावि अश्राङ र वडा नं ७ को सरस्वती मावि बोर्लाङमा एक लाख १० हजार दुई सय दुई रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

एउटा विद्यालयका लागि ५५ हजार एक सय एक रुपैयाँ बरावरको ‘रबिलाल मोतिमाया स्मृती अक्षयकोष’ स्थापना गरिएको छ । बुबाको मृत्यू भएको १३ औँ दिनको तिथि पारेर दुबै विद्यालयलाई नगद हस्तान्तरण गरिएको परिवारीक स्रोतले जनाएको छ । उक्त कोषबाट वार्षिक रुपमा एउटा विद्यालयले एक जना शिक्षकलाई पुरस्कृत एवं सम्मान गरिनेछ ।

एक देखि १२ सम्म पढाउने शिक्षक उक्त अक्षयकोषबाट सम्मानीत हुनेछन् । नबजागृती चण्डी माविका शिक्षक भुमि गोतामेको बुबा रबिलाल गोतामेको गत पुस ९ गते देहावसान भएको थियो भने आमा यस अघि नै दिबंंगत भईसकेकी थिईन् ।