ऊर्जामन्त्रीको पटक पटक दाबी : लोडसेडिङ मेरै योजना अनुसार हट्यो

  • प्रकाशित मिति : January 8, 2021
  • गण्डकी डायरी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७२ सालमै राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी (९९ बुँदे) अवधारणापत्र र कार्ययोजनाबाटै लोडसेडिङ हटेको दोहो¥याएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले तत्कालीन अवस्थामा मुलुकमा रहेको ऊर्जा संकटलाई तत्काल तथा दीर्घकालीन रुपमा समाधान गरी समृद्धिमा योगदान पु¥याउन वि.सं. २०७२ सालमै राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी (९९ बुँदे) अवधारणापत्र र कार्ययोजना निर्माण भएको बताएको छ ।

‘सो कार्ययोजनामा एक वर्षभित्रै ऊर्जा संकट निवारण गर्ने उद्देश्य राखिएकोमा सो अनुरुप उर्जा विकास गर्न विभिन्न नीति, रणनीतिहरु निर्माण तथा प्रभावकारी कार्यान्वयन भई लोडसेडिङ अन्त्य भएको छ,’ कसैले पनि हस्ताक्षर नगरी जारी गरिएको मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय केही सञ्चार माध्यमहरुबाट योजनावद्ध रुपमा लोडसेडिङ, विद्युत प्रसारण लाइन तथा भूमिगत विद्युतीय वितरण प्रणाली जडानका सन्दर्भमा मन्त्री तया मन्त्रालयको मूल मर्म भावना विपरित भ्रामक रुपमा प्रचारप्रसार गरिएको विषयप्रति गम्भिर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख छ । केही दिनअघि अर्घाखाँचीमा भएको कार्यक्रममा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आफूले यसअघि ऊर्जामन्त्री हुँदा ल्याएको ९९ बुँदे मास्टर प्लानबाट लोडसेडिङ हटेको बताएका थिए ।