अनेरास्बियूद्धारा गोरखा क्याम्पसमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

  • प्रकाशित मिति : January 7, 2021
  • गण्डकी डायरी

गोरखा, २३ पुस । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधीसभा बिघटन गरेको बिरोधमा अनेरास्वबियू गोरखाले आज गोरखा क्याम्पसमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको छ । अनेरास्वबियूका नेता कार्यकर्ताले बिहान क्याम्पस परिषर्मा भेला भएर राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।

संसद बिघटन सवैधानिक ‘कू’ भएको भन्दै अनेरास्वबियू गोरखाले असबैधानिक कदम सच्याउन माग गर्दै आएको छ । पुस ५ गते प्रधानमन्त्रीले संसद बिघटन गरेसंगै चरणबद्ध आन्दोलनमा उत्रिएको बिधार्थी संगठनले हिजो साँझ गोरखा सदरमुकाम क्षेत्रमा सिटी जुलुस निकालेका थिए । अनेरास्वबियूका केन्द्रीय सदस्य रामकृष्ण भट्टले प्रधानमन्त्री आफ्नो कदम नसच्चाए सर्घषका कार्यक्रमहरु नरोकिने बताए ।

उनले संसद बिघटनले देशलाई राजनीति अस्थिरता तर्फ धेकेलेको भन्दै प्रतिनिधीसभाको पुनस्थापना आन्दोलन रोकिने पहिलो सर्त भएको उल्लेख गरे । पुत्ला दहन कार्यक्रममा केन्द्रिय सदस्य भट्ट, अनेरास्वबियू जिल्ला संयोजक सजिंव थापा मगर गोरखा क्याम्पस ईकाई अध्यक्ष विष्णु पाण्डे लगायतको उपस्थिती सहभागिता रहेको थियो ।