अमिताभ बच्चनको आवाजले दिग्दार बनाएको भन्दै अदालतमा उजुरी

  • प्रकाशित मिति : January 7, 2021
  • गण्डकी डायरी

काठमाण्डौं । भारतमा सबैभन्दा रुचाइएका अभिनेतामध्ये एक हुन्, अमिताभ बच्चन । अमिताभ बच्चनको आवाजका फ्यान पनि धेरै छन् ।

तर, उनको आवाजका कारण दिग्दारी भएको भन्दै एक व्यक्ति अदालतमा पुगेका छन् । अमिताभको यो आवाज हो, मोबाइलमा कसैलाई फोन गर्दा आउने आवाज ।

अहिले नेपालमा जस्तै मोबाइलमा फोन गर्दा भारतमा कोरोनाविरुद्धको सचेतना बज्ने गरेको छ । मार्च देखि नै भारतमा यस्तो कलरट्युन राखिएको थियो जसमा अमिताभ बच्चनको आवाज राखिएको छ ।

तर, अब यही आवाजका कारण दिग्दारी भएको भन्दै दिल्लीको अदालतमा एक व्यक्तिले उजुरी दिएका छन् ।

त्यसो त यसअघि सामाजिक सन्जालमा पनि अमिताभका प्रशंसकलाई यसलाई रोक्न अनुरोध गरेका थिए । अमिताभले यसमा माफी माग्दै आफू क्षमाप्राथी रहेको बताएका थिए ।