गोरखाको बोर्लाङ्गमा बिद्युत सर्ट हुदाँ एक घरमा आगलागी

  • प्रकाशित मिति : January 7, 2021
  • गण्डकी डायरी

गोरखा, २३ पुष । गोरखाको भिमसेन थापा गाउँपालीका ७ बोर्लाङ्गमा बिद्युत सर्ट हुदाँ एक घरमा आगलागी भएको छ । बोर्लाङ्ग व्यापार संघका कार्य समिति सदस्य प्रदिप श्रेष्ठको घरमा बुधबार बिहान ९ः३५ बजे बिद्युत सर्ट भएर आगलागी भएको व्यापार संघका अध्यक्ष विपिन श्रेष्ठले जानकारी दिए ।

आगोलागी हुँदा घरको कोठामा रहेको नगद पैसा सहित ,लत्ताकपडा , बक्सपलङ, पेन्सन पट्टा, बैंक चेक, मोबाइल, र अन्य विभिन्न कागजातहरु जलेर नष्ट भएको उनले बताए । झ्यालका सिसाहरु समेत टुट्फुट हुनुका साथै घरका भित्ताहरु पनि जलेर क्षती पुगेको श्रेष्ठले बताए । स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो ।

उनका अनुसार आगलागीबाट करिब ४ लाख बराबरको धनजनको क्षती भएको छ । कुनै मानविय क्षती भने नभएको बताइएको छ ।