गोरखा, २३ पुष । गोरखाको बोर्लाङ्गमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् । जिल्लाको भिमसने थापा गाउँपालीका ७ बोर्लाङ्ग चाहापानीकी स्थानिय बासिन्दा २३ बर्षिय राधिका रोका बगालेले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
उनले आफ्नै घरको कोठामा सलले पासो लगाएर भुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको वडा अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । श्रीमान श्रीमतीको सामान्य विवादका कारण उनले आत्महत्या गरेको स्थानियको भनाई छ ।
मृतक रोकाको श्रीमान र दुई बर्षका छोरा छन् । श्रीमान हाल विदेशमा छन् ।
उनको शव पोष्टमार्टमका लागी गोरखा अस्पताल लगिने प्रहरीले जनाएको छ ।
पछिल्लो ६ महिनाको अन्तरालमा सोहि गाउँका ३ जना महिलाले आत्महत्या गरेका छन् । यस अघि चाहापानीकी २८ बर्षिय सपना रोकाले आफ्नै घरमा भुण्डिएर आत्म हत्या गरेकी थिइन् भने चाहपानीकै २७ बर्षिय अन्जु रोकाले सिमलटारको कुमाल पधेरो भन्ने स्थानमा रुखमा झुण्डिएर आत्माहत्या गरेको थिइन् ।
यसरी लगातार आत्महत्याका घटना बढ्नु निकै चिन्ताको बिषय बनेको वडाअध्यक्ष श्रेष्ठले बताए ।