गोरखाको बुंकोटमा भिरबाट लडेर एक वृद्धको मृत्यू

  • प्रकाशित मिति : January 6, 2021
  • गण्डकी डायरी

गोरखा, २२ गोरखा । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुंकोटमा भिरबाट लडेर एक वृद्धको मृत्यू भएको छ । गएराती रानाखोला घलेडाँडा भिरबाट खसेर ७३ वर्षिय तेजबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनबाट घर फर्कँदै गर्दा लडेको उनको मंगलवार बिहान करिब ५० मिटर तल शव भेटिएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । उनको साथमा मादक पदार्थ समेत भेटिएकाले सेवन गरेर हिड्दा लडेको हुन सक्ने प्रहरीको अनुमान छ ।