तोलामा ४ सयले बढ्यो सुनको मूल्य

  • प्रकाशित मिति : January 1, 2021
  • गण्डकी डायरी

काठमाडौं,१७ पुस । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुन महँगिएर शुक्रबार प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य ९४ हजार १ सय रुपैयाँ थियो । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।