पुर्व प्रधानाध्यापक श्रेष्ठद्धारा सरस्वती मा.बि. बोर्लाङ्गमा २ लाखको अक्षयकोष स्थापना

  • प्रकाशित मिति : December 29, 2020
  • गण्डकी डायरी

काठमाण्डौ, १४ पुस । गोरखाको भिमसेन थापा गाउँपालीका ७ बोर्लाङ्गमा रहेको श्री सरस्वती माध्यमिक बिद्यालयमा पुर्व प्रधानाध्यापक चित्र कुमार श्रेष्ठले २ लाखको अक्षय कोष स्थापना गरेका छन् । उनले आफ्नो पिता स्व. शेर बहादुर श्रेष्ठ र माता टिका कुमारी श्रेष्ठको सम्झनामा सो बिधालयमा २ लाखको अक्षय कोष स्थापना गरेका हुन् ।

पुर्व प्रधानाध्यापक श्रेष्ठले आफ्नो आमाबुवाको नाममा स्थापना गरेको अक्षयकोष आज बिधालयमा आयोजित एक कार्यक्रमका बिच प्रधानाध्यपक रामचन्द« पौडेललाई हस्तान्तरण गरे ।

उक्त अक्षय कोष मार्फत हरेक बर्ष २ जना अनाथ बिद्यार्थीलाई छात्रबृत्ती र २ जना शिक्षकलाई प्रोत्साहन गरिने प्रधानाध्यापक पौडेलले जानकारी दिए ।

उनका अनुसार पुर्व प्रधानाध्यापक श्रेष्ठले आज स्थापना गरेको २ लाखको अक्षय कोष नै अहिले सम्मको उच्च अक्षयकोष रहेको छ ।

पुर्वप्रधानाध्यापक श्रेष्ठले श्री सरस्वती माविमै करिब ३० बर्ष अध्यापन गराएका थिए । उनले वि.सं. २०४८ साल देखि २०६७ साल सम्म सो बिधालयको प्रधानाध्यापक भई कार्यभार समेत सम्हालेका थिए । वि.सं. २०६७ सालमा सो बिधालयबाट अवकाश लिएका उनि हाल समाजसेवा तथा राजनितिक क्षेत्रमा सक्रिय छन् ।

हाल सम्म सो बिधालयमा १४ जनाले ८ लाख ६६ हजार ६ सय ३० रुँपैया बराबरको अक्षय कोष स्थापना गरेको प्रधानाध्यापक पौडेलले जानकारी दिए ।