बढ्यो सुनको मूल्य

  • प्रकाशित मिति : December 28, 2020
  • गण्डकी डायरी

काठमाडौँ, १३ पुस । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रूपैयाँले बढेको छ ।

शुक्रबार र आइतबार स्थिर रहेको छापावाला सुन आज सोमबार प्रतितोला ९४ हजार रूपैयाँ कायम भएकोमा आज ९४ हजार ९०० रूपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै तेजाबी सुन ९४ हजार ४०० मा कारोवार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज बढेको छ । आइतबार प्रतितोला चाँदी एक हजार २८० मा कारोवार भएको चाँदी आज एक हजार ३१५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।