पछिल्लो ४८ घण्टामा गण्डकी प्रदेशमा थपिए १२२ जना कोरोना संक्रमित

  • प्रकाशित मिति : December 27, 2020
  • गण्डकी डायरी

पोखरा, १२ पुस । पछिल्लो ४८ घण्टामा गण्डकी प्रदेशमा १२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको सुचना अनुसार गण्डकी प्रदेशका विभिन्न ८ जिल्लामा १२२ जना संक्रमित थपिएका हुन् ।

गण्डकी प्रदेश अन्तरगत सबैभन्दा धेरै कास्की जिल्लामा ८३ जना, स्याङजामा ११ जना, गोरखामा १० जना, तनँहु र बाग्लुङमा ५/५ जना, म्याग्दीमा ४ जना, र पर्वत र लम्जुङमा २/२ जना कोरोना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।

यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १४ हजार ३ सय ७७ पुगेको छ ।

त्यस्तै १२ हजार ३ सय ४२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हाल सम्म कोरोना संक्रमणबाट १९१ जनाको मुत्यु भएको निर्देशनालयले जनाएको छ ।