पर्वत, १२ पुस । पर्वतमा बाटोमा चिप्लिएर एक वृद्धको मृत्यु भएको छ ।
जिल्लाको महाशिला गाउँपालिका–४ पाखापानी बस्ने ७० वर्षीय नन्द बहादुर दमाई आफ्नै घर नजिकै रहेको स्वाँरी खोल्साको भिरको बाटोबाट चिप्लिएर लड्दा मृत्यु भएको हो ।
आइतवार बिहान करिब १ सय ५० मिटर तल खस्दा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।