तनहुँका एक कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मिति : December 24, 2020
  • गण्डकी डायरी

काठमाडौं, ९ पुस । कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका(५ का ७१ वर्षीय पुरुषको बिहीबार दिउँसो १ बजे मृत्यु भएको हो । उनीमा पुस ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९१ पुगेको छ ।