कोरोना भाइरसका कारण लकडाउन भए संगै बन्द रहेको नेपालका चलचित्र हलहरु सञ्चालनमा आउने भएको छ । ९ महिना देखि बन्द रहेको हल पौष १० गते शुक्रबारबाट हल संचालन गर्ने तयारीमा व्यवसायीहरु जुटेका छन् । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरिसकेको छ ।
चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार, शुक्रबारबाट हलमा ‘आमा र सेन्टी भाइरस’ चलाउने तयारी गरिएको छ ।
यी दुबै चलचित्र हलमा रिलिज भैरहेको समयमा कोरोना भाइरसको महामारीका कारण लकडाउन भएको थियो । जसलेगर्दा, यी दुबै चलचित्रलाई समस्या परेको थियो ।
उनका अनुसार, देशभरका हल व्यवसायीहरु शुक्रबारबाट हल खोल्न उत्साहित छन् । ९ महिनादेखि बन्द रहेका हलहरुको सरसफाइमा हल व्यवसायीहरु लागेको मधुसुदनले जानकारी दिए ।