तनहुँका एक कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मिति : December 22, 2020
  • गण्डकी डायरी

काठमाडौं, ७ पुस । कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार तनहुँको व्यास नगरपालिका(५ का ६४ वर्षीय पुरुषको प्रतिष्ठानमा उपचारको क्रममा सोमबार राति ८ः२० बजे मृत्यु भएको हो ।

उनीमा मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८८ पुगेको छ ।