दाङ, ६ मसिंर । दाङमा टिकटक भिडियो बनाउदा झोलुङ्गे पुलबाट खसेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।
टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान ज्यान गएको हो । गएको शनिबार दिउँसो दुई बजेतिर बबई गाउँपालिका ५ हापुरेको पुरन्धारा छहरा नजिक रहेको झोलुङ्गे पुलबाट टिकटक बनाउने क्रममा थापा खसेका थिए ।
भिडियो हेर्नुहोस् ……