कोदालोले हानेर एक किशोरको हत्या

  • प्रकाशित मिति : December 19, 2020
  • गण्डकी डायरी

स्याङ्जा, ४ पुस । स्याङ्जामा सामान्य विवादमै एक व्यक्तिले कोदालोले हानेर एक किशोरको हत्या गरेका छन्। हरिनास गाउँपालिका–५ आग्रीडाँडाका ३६ वर्षीय रेशम रानाले स्थानीय १४ वर्षिय शेर बहादुर थापाको हत्या गरेका प्रहरीले जनाएको छ।

मादक पदार्थको नसामा रहने रानाले सामान्य भनाभनमै थापालाई कोदालोले प्रहार गर्दा थापाको घटना स्थलमै मृत्यु भएको हो। रानालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।