म मरेँ भने काजक्रियामा सामेल नहुनू ! भन्दै निधन अघि श्रीमतीलाई पूर्वराजदूत लामाको हृदयविदारक पत्र(भिडियो सहित)

  • प्रकाशित मिति : December 13, 2020
  • गण्डकी डायरी

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाले निधन हुनुभन्दा केही दिनअघि पत्नीका नाममा निकै हृदयविदारक चिठी लेखेको फेला परेको छ।

प्रेसर, सुगर, मिर्गाैलासम्बन्धी समस्याले समेत पीडित लामाले केही दिनअघि अस्पतालमा छटपटाइरहेका बेला पत्नीलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा निकै पीडादायी पत्र लेखेको पाइएको हो।
६९ वर्षीय लामाको कोरोना संक्रमणका कारण बुधबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो।

पत्रमा उनले श्रीमतीले बिरामीका बेला पनि बेवास्ता गरेको गुनासो गरेका छन्।

निकै लामो स्टाटसमा उनले कसैगरी आफू मरिहालें भने पत्नीलाई आफ्नो दाहसंस्कार र काजक्रियामा सहभागी नहुन बिन्ती गरेका छन्।

निकै हृदयविदारक पत्र भिडियोमा हेर्नुहोस्