गोरखा सहित गण्डकी प्रदेशमा थपिए ९६ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

  • प्रकाशित मिति : December 9, 2020
  • गण्डकी डायरी

गोरखा, २४ मसिंर ।पछिल्लो २४ घण्टामा गोरखा जिल्लामा १ जना सहित गण्डकी प्रदेशमा ९६ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालीका वडा नं ४ का ३९ बर्षका १ जना पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै कास्की जिल्लमा ६९, नवलपरासीमा ९, लम्जुङमा ८, तनँहुमा ५, म्याग्दीमा २ र स्याङजामा २ जना कोरोना संक्रिमत थपिएका हुन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ५३ जना कोरोना संक्रमित निको भएका छन् ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १२ हजार ९ सय ७६ पुगेको छ भने १७६ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशमा ७ हजार ५ सय ६१ जनाले कोरोना जितेका छन् ।