दुबै मृगौला फेल भएका गोरखा बोर्लाङ्गका गणेश श्रेष्ठको उपचारका लागी सहयोग गरिदिन अपिल

  • प्रकाशित मिति : November 30, 2020
  • गण्डकी डायरी

बिमल श्रेष्ठ
काठमाण्डौं, १५ मसिंर । दशै नजिकिदै थियो । कोरोना त्रासकै बिच पनि दशैको चहलपहल बढ्दै थियो । काठमाण्डौंमा बस्दै आएकाहरु दशैको बेला गाउँ फर्कने तयारीमा थिए ।

गोरखा भिमसेन थापा गाउँपालीका ७ बोर्लाङ्ग घर भई काठमाण्डौं सानो भर्याङमा व्यवसाय गर्दै आएका निशान श्रेष्ठ “गणेश” लाई पनि गाउँमै गएर दशै मनाउने रहर थियो । तर असोजको अन्तिम साता उनलाई अनायासै जे खाए पनि वान्ता हुने समस्या देखियो ।

गणेशको स्वास्थ्यमा यस्तो समस्या देखिए पछि गाउँमा रहेको उनको दाजु युवक श्रेष्ठ काठमाण्डौं आए । केहि दिन सम्म पनि उनलाई वान्ता हुने क्रम रोकिएन । ग्याष्ट्रिक होला भनेर ग्याष्ट्रिकको औषधि पनि खाए उनले तर उनको स्वास्थ्यमा कुनै सुधार भएन झन् उसलाई व्यथाले च्याप्दै गयो ।

भाइको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनका दाजु युवकले कात्तिक १ गते घटस्थापनाको दिन उनलाई ग्राण्डी हस्पीटलमा लगे । हस्पीटलले उनको मृगौलामा समस्या देखिएको छ भर्ना गर्नको लागी ३ लाख ५० हजार लाग्ने बतायो ।

शनिबारको दिन बैंकहरु पनि बन्द, दाजु युवकलाई पैसा जुटाउन गाह्रो भयो । ग्राण्डीमा भर्ना गर्नका लागी पैसा नपुगेपछि उनले भाईलाई पाटन अस्पातालमा लगे र भर्ना गरे ।

भाइको दुवै मृगौलामा खराबी देखिएको अस्पतालले बतायो । “नेपालमा बल्ड र भिडियो एक्सरे बाट मात्र रिर्पोट हेर्न मिल्ने रैछ, अहिले सम्मको रिर्पोट अनुसार भाईको दुवै किड्नी फेल छ,” उनले भने ।

चिकित्सकले बताए अनुसार किड्नीको साइज पनि खुम्चिसकेको र काम पनि नगर्ने भएको छ त्यसलाई प्रमाणित गर्न बायोप्सी गर्नुपर्ने हुन्छ । तर मसिंर १ गते देखि नै गर्ने भनिए पनि बिरामीको प्रेसर उच्च भएकाले गर्न समस्या भएको उनले बताए ।

“बायोप्सी परिक्षणका लागी भने खराब भएको किड्नीको भाग निकालेर इन्डिया पठाउनु पर्दो रैछ, उतैबाट रिर्पोट आएपछि थप उपचार अघि बढ्छ हामी त्यो रिर्पोटको पखाईमा छौ,” उनले भने ।

मृगौला फेर्नै पर्ने अवस्था भएकाले डाक्टरले परिवारबाट कस्ले किड्नी दिने हो परीक्षण गरि तयारी रहन आफुहरुलाई सुझाव दिएको उनको भनाई छ ।

हप्तामा ३ पटक सम्म मृगौलाको डायलसिस गरिहरेको दाजु श्रेष्ठले बताए । “सुरुमा ७ पटक पैसा तिरेर डायलिस गर्यो, अहिले भने गाउँपालीकाबाट कागजपत्र मिलाएर निशुल्क डायलसिस गरेको छ” उनले भने ।

अहिले बिशेषतः ल्याब खर्च सबैभन्दा धेरै हुने गरेको र महंगो औषधि प्रयोग गर्नुपर्ने भएकाले खर्च धान्न समस्या भएको बताए । “भाइको उपचारका लागी आफु संग भएको खर्चले मात्र नपुग्ने भएपछि मैले साथीभाइहरु संग सहयोग अपिल गरँे, अहिले सहयोग जुटिरहेको छ।” उनले भने ।

आर्थिक अभावका कारण उपचारका लागी समस्या भएको उनले गण्डकी डायरी संग दुखेसो पोखे ।

उपचारका लागी आर्थिक सहयोग गर्न चाहनेहरुले दाजु युवक श्रेष्ठको मोबाइल नम्बर ९८४६५९२८६५ र ९८२३२२९३१९ मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।