गोरखा अस्पतालका ५ बिरामी सहित गोरखामा थप १२ जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : November 30, 2020
  • गण्डकी डायरी

गोरखा, १५ मसिंर । गोरखामा सोमबार(आज) थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको चौथौ प्रेस विज्ञप्ती अनुसार गोरखा अस्पतालका ५ जना र पालुङटार नगरपालीकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गोरखा अस्पतालमा संक्रमित हुनेहरुमा ९० र ८७ बर्षका वृद्ध सहित ५० बर्षका पुरुष, ४३ र ४७ बर्षका महिला रहेका छन् । उनिहरु सबै गोरखा अस्पतालमा उपचारका लागी आएका बिरामीहरु रहेको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण प्रसाद ढकालले जानकारी दिए । उनिहरुको अस्पतालको प्रि आइशोलनमा उपचार भैरहेको उनले बताए ।

त्यस्तै पालुङटार नगरपालीकामा संक्रमित हुनेहरुमा ४३ र ६६ बर्षकी महिला का साथै १९, ४०, १३, ४०, ४१ बर्षका पुरुषहरु रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।