जापानमा कोरोनाले भन्दा आत्महत्याका कारण ज्यान गुमाउने बढी

  • प्रकाशित मिति : November 29, 2020
  • गण्डकी डायरी

कोरोना भाइरसका कारण संसारभर आजसम्म लाखौँको मृत्यु भइसकेको छ । यो महामारीका कारण संसारको अर्थतन्त्र ध्वस्त भएको छ ।

तर जापानमा भने कोरोनाकालमा कोरोनाले भन्दा बढी आत्महत्याका कारण मानिसहरूको मृत्यु भइरहेको छ ।

जापानमा गत महिनामात्र २१ सय भन्दा बढीले आत्महत्या गरिसकेका छन् । बढी आत्महत्या गर्नेमा पुरुष भन्दा बढी महिलाहरू रहेको स्थानीय सञ्चारमाध्यमहरूको दाबी छ ।

अक्टुबर महिनामा २१ सय भन्दा बढीले आत्महत्या गरेका हुन् । सरकारले यसको पुष्टि गरिसकेको छ । अक्टुबरमा कोरोनाका कारण भन्दा बढी आत्महत्याका कारण मान्छेको ज्यान गएको हो ।

जापानको राष्ट्रिय पुलिस एजेन्सीका अनुसार २१ सय ५३ को मृत्यु आत्महत्याका कारण भएको तर २ हजार ७८ जनाको मृत्यु कोरोनाका कारण भएको छ ।