गोरखामा १८ जना सहित गण्डकी प्रदेशमा थपिए १०५ जना संक्रमित

  • प्रकाशित मिति : November 29, 2020
  • गण्डकी डायरी

गोरखा, १४ मसिंर । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ७ जिल्लामा १०५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार सबै भन्दा धेरै कास्की जिल्लामा ५८ जना संक्रमित थपिएका छन् ।

त्यस्तै गोरखा जिल्लामा १८ जना, स्याङ्जामा ३ जना, तनँहुमा १० जना, नवलपरासी पुर्वमा १२ जना र लम्जुङ र पर्वतमा २/२ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ५१६ जनाको कोरोना परीक्षण गरिएकोमा १०५ जनामा संक्रमण पुष्टि भयो भने ४११ जनाको रिर्पोट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ । यस्तै गण्डकी प्रदेशमा आज ४२ जनाले कोरोना जितेका छन् भने कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ९६७ जना पुगेको छ । कोरोनाका कारण १५४ जनाको मृत्यु भएको छ भने ६ हजार ९ सय १० जना निको भएको निर्देशनालयले जनाएको छ ।