बोलेरो दुर्घटना हुदाँ एक बालिकाको मृत्यु, ५ जना घाइते

  • प्रकाशित मिति : November 29, 2020
  • गण्डकी डायरी

पोखरा, १४ मसिंर । म्याग्दीमा बोलेरो दुर्घटनामा परेर एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

मंगला गाउँपालिका वडा २, बाबियाचौरदेखि सल्यानतर्फ जाने क्रममा ००१ च ०२५२ नं. को बोलेरो जीप काफलचौरमा बिहान करिब ११ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा ११ वर्षीया बालिका करिष्मा केसीको मृत्यु भएको हो । उनी सोही जीपका चालक खुमबहादुर कटुवाल केसीकी छोरी हुन् ।

दुर्घटनामा परी चालक खुमबहादुर सहित सुनिता क्षेत्री, कृपा क्षेत्री, कुलला क्षेत्री र राजन केसी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव निरीक्षक (डीएसपी) किरणजंग कुँवरले बताए ।

घाइतेको उपचारका लागि सदरमुकाम बेनीतर्फ लगिएको छ ।