गण्डकी प्रदेशको उत्कृष्ट सहकारी भिमकुल साकोसले पायो पुनः एनएस ब्राण्ड

  • प्रकाशित मिति : November 21, 2020
  • गण्डकी डायरी

बिमल श्रेष्ठ

काठमाण्डौ, ६ मसिंर । गोरखाको बोर्लाङ्गमा रहेको भिमकुल बचत तथा ऋण सहकारी संस्थाले पुनः नेपालस्तरको सहकारी गुणस्तर मापदण्ड (प्रोबेसन ब्राण्ड) पाएको छ ।

भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङ्गको भीमकुल वचत तथा ऋण सहकारी संस्थाले यस बर्ष पनि एनएस ब्राण्ड पाएको हो । गत बर्ष पनि उक्त सहकारी संस्थाले पहिलो पटक एनएस (प्रोबेसन) ब्राण्ड पाएको थियो ।

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कुन)वाट सञ्चािलत प्रोबेसन कार्यक्रममा पूनः भिमकुल सहकारीले यस वर्ष प्रोबेसन ब्रान्ड प्राप्त गर्न सफल भएको भिमकुल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए ।
.(नेफस्कुन)को २९ औं बार्षिक साधारण सभाको अवसरमा कार्यक्रमका प्रम्ुख अतिथी, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले शुक्रबार सहकारीका पदाधिकारीलाई ब्राण्ड प्रदान गरेका हुन् ।

सहकारी विभागले सहकारीहरुको दिगो विकास, व्यवसायीकरण र गुणस्तर सुनिश्चितताका लागि २०७१ सालदेखि नेपालस्तरको यो ब्राण्ड प्रदान गर्दै आएको छ ।

त्यस्तै भिमकुल साकोस गण्डकी प्रदेशको उत्कृष्ट सहकारी बनेको छ ।
(नेफ्सकुन) का अध्यक्ष परीतोष पौडेलले गत कार्तिक २६ गते पोखरामा सम्पन्न भएको प्रादेशिक विस्तारिक मञ्च कार्यक्रममा भिमकुल साकोसका अध्यक्ष कृष्ण श्रेष्ठ र व्यवस्थापक नवराज श्रेष्ठलाई सम्मान पत्र प्रदान गरे ।

वि. स. २०५२ सालमा स्थापना भएको उक्त सहकारीमा करिब ३ हजार १ सय सेयर सदस्य रहेका छन् । भिमकुल साकोसको कुल सम्पत्ती २४ करोड २२ लाख ८१ हजार ६ सय ३६ रहेको छ ।