गोरखामा ससुरालीबाट घर फर्किदा सम्र्पक विहिन भएका एक युवकको शव फेला

  • प्रकाशित मिति : November 20, 2020
  • गण्डकी डायरी

गोरखा, ५ मङ्सिर । गोरखामा ससुरालीबाट घर फर्किदा सम्र्पक विहिन भएका एक युवकको शव फेला परेको छ । पालुङटार नगरपालिकाको वडा नम्बर ७ को जोगीस्थान भन्ने ठाउँमा खेतमा युवकको शव फेला परेको इलाका प्रहरी कार्याल्य ठाँटी पोखरीका इन्चार्ज सोमदास ढकालले जानकारी दिए ।

उनका अनुसार अन्दाजी ३६ बर्षका स्थानीयबासी रामबहादुर कुमाल दिउँसो करीब २ बजेतिर घर नजिकै मृत अबस्थामा भेटिएको हो । ढाब खेतमा टाउको गडेर मृत्युु भएको अबस्थामा शब फेला परेको प्रहरीले बताएको छ । घटनास्थलको मुचुल्का तयार पारेर मृतक कुमालको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको छ ।

कुमाल हिजो घरबाट ससुराली गएको र ससुरालीबाट घर नआए पछि उनको खोजी गर्दा मृत अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ । ।

ससुरालीबाट फर्किएका उनको खेतको बाटो भएर घर आउदा चिप्लीएर लडेर मृत्यु भएको प्रहरीको अनुमान छ । मृत्तक कुमालको पालुङटार नगरपालिका ८ को ढोडघाँरी भन्ने स्थानको खोला छेवैको खेतमा घोप्टो अवस्थामा शव फेला परेको हो ।
कुमालको दुर्घटनामा परेर मृत्यु भएको वा हत्या भएको भन्ने बारेमा खुल्न सकेको छैन । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।