गोरखामा थप ४ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति : November 20, 2020
  • गण्डकी डायरी

मंसिर ५, गोरखा ।  गोरखामा आज ४ जना कोरोना संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेज चितवनमा आज स्वाब परिक्षणका क्रममा गोरखाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा गोरखा नगरपालिकाका ३ जना र बारपाक सुलिकोट गाउँपालिकाका १ जना छन् । गोरखा नगरपालिका वडा नं २ का २८ बर्षका पुरुष, वडा नं ११ का ३९ बर्षका पुरुष र वडा नं १३ का २३ बर्षका पुरुषमा कोरोना संक्रमण भएको हो ।

बारपाक सुलिकोट गाउँपालिका वडा नं २ का ३४ बर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।