गोरखामा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : November 19, 2020
  • गण्डकी डायरी

गोरखा, ४ मङ्सिर । गोरखा जिल्लाका ७ स्थानिय तहमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको अजिरकोट, आरुघाट, बारपाक सुलिकोट, गण्डकी, सिराचोक गाउँपालिका र गोरखा तथा पालुङटार नगरपालिकाका १०जनामा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।

अजिरकोट गाउँपालिका ४ का ३० बर्षका १ जना पुरुष, आरुघाट गाउँपालिका ६ का २३ बर्षका १ जना पुरुष, बारपाक सुलिकोट गाउँपालिका ७ र ८ का ३७ र ८९ बर्षका १ १ जना पुरुषमा संक्रमण पुष्टी भएको जनाएको हो ।

त्यस्तै गरी गण्डकी गाउँपालिका ७ का ५८ बर्षका १ जना पुरुष, सिराचोक गाउँपालिका ७ का ३४ बर्षकी १ जना महिला, गोरखा नगरपालिका ६ र १३ का ३२ र ४२ बर्षका १र१ जना पुरुष र पालुङटार नगरपालिका ३ का २३ बर्षिया १ जना महिलामा संक्रमण पुष्टी भएको छ ।
संक्रमित मध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन् ।

निर्देशनालयले जारी गरेको तस्रो विज्ञप्ती अनुसार गोरखा नगरपालिकामा फेरि १ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा गोरखा नगरपालिका वडा नम्बर ७ का १९ बर्षिय एक युवक रहेका छन् ।

यो सहित गोरखा जिल्लामा संक्रमितको संख्या ६६६ पुगेको छ । जसमध्ये २५२ जना संक्रमित निको भइसकेका छन् भने ४०६ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । । संक्रमणबाट गोरखामा हालसम्म ८ जनाको मृत्यु भइसकेको छ ।