पोखरा महानगरकी उपप्रमुख गुरुङलाई कोरोना सङ्क्रमण

  • प्रकाशित मिति : November 19, 2020
  • गण्डकी डायरी

पोखरा, ०४ मसिंर । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएको उपप्रमुख गुरुङका प्रेस सहयोगी एकराज गिरीले जानकारी दिए ।

तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएकी थिइन् ।

गुरुङ पोखरा महानगरपालिका–८ नयाँ सडकस्थित आफ्नै घरको आइसोलेशनमा बसेकी छन् ।