कागतीको रसले मात्र हैन बोक्राले पनि गर्छन् यस्ता फाइदाहरु

  • प्रकाशित मिति : November 17, 2020
  • गण्डकी डायरी

पौष्टिक गुणहरूले भरपूर कागतीले शरीरलाई अनेकौं रोगबाट टाढा राख्छ । हामीहरू कागतीको बोक्रालाई बेकार ठानेर फ्याँक्छौं र बोक्रा पनि बहुगुणी हुन्छ । यसमा भएको पेक्टिन नामक तत्त्वले शरीरमा जमेको अतिरिक्त बोसोलाई घटाउँछ । यसका अन्य फाइदा यसप्रकार छन् :

तनाव                                                                        आजकल हरेक व्यक्ति तनावग्रस्त छ । तनावबाट छुटकारा पाउनका लागि कागतीको बोक्रा उत्तम उपाय हो । यसमा भएको फ्लेभोनाइडले तनाव घटाउन सहायता गर्छ ।

क्यान्सर
कागतीको बोक्रामा भएको तत्त्वले क्यान्सरजस्तो गम्भीर रोगबाट लड्न पनि मद्दत गर्छ ।

दाँत
कागतीको बोक्रामा दशवटा कागतीको रसभन्दा १० गुणा बढी भिटामिन र क्याल्सियम पाइन्छ । यसले दाँतसम्बन्धी समस्या हटाउँछ ।

मुटु
पोटेसियमले भरिएको कागतीको बोक्राले रक्तचापलाई नियन्त्रणमा राख्छ । यसले हृदयघात र मधुमेह जस्ता रोगबाट पनि बचाउँछ ।

छाला
कागतीको बोक्राले छालासम्बन्धी समस्या हटाउँछ । यसमा भएको एन्टीअक्सिडेन्टले छाला निखार्छ ।